Sagun Khabar
बैतडीका प्रमुख जिल्ला अधिकारी पाण्डे जिल्ला पुगे 
Atrya hospital

बैतडी- बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा राजेन्द्रदेव पाण्डे हाजिर भएका छन् छ । प्रमुख जिल्ला अधिकारीको रुपमा शुक्रबारदेखि आफू हाजिर भएको उनले बताए  ।

बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेपछि पाण्डेले पहिलो प्राथमिकता कोरोना संक्रमण रोकथाम नै भएको बताए ।

जिल्लामा भर्खर आएको र धेरै कुरा बुझ्न बाँकी रहेपनि पहिलो प्राथमिकता कोरोना रोकथाम रहेको उनले बताए । स्वास्थ्यका मापदण्ड परिपालना गर्न समेत उनले सबैमा आग्रह गरेका छन् । । आइतबार १० ओटै पालिकाका जनप्रतिनिधिहरुसंग बसेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update