करणी मुद्दामा फरार दार्चुलाका दुई जना पक्राउ
दार्चुला –करणी मुद्दामा फरार दार्चुलाका एक महिला र एक पुरुष गरि दुई जना पक्राउ परेका छन् ।
जिल्ला अदालत दार्चुलाको मिति २०७२ जेठ १३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएपछि फरार रहेका मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ३२ बर्षीय हरिशराम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएकी सोही ठाउँकी ४२ बर्षीया पार्वती लुहारलाई पक्राउ गरिएको हो ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३ १२:३६
प्रतिक्रिया दिनुहोस्





