Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक भैंसी मर्यो 

बैतडी–बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ । 

बिहीबार दिउँसो ३ बजेतिर परेको चट्याङ लागेर सिगास गाउँपालिका–५ खल्लीगडानका मानबहादुर धामीले पालेको भैंसी मरेको हो । चट्याङ लागेर उनले पालेका तीन बाख्रा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

यस्तै मानबहादुर धामीकै गोठसँग जोडिएको घरमा समेत चट्याङ परेपछि १८ बर्षीय प्रकाश धामी समान्य घाइते भएका प्रहरी निरीक्षक बडूले बताए । 
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update