Sagun Khabar
बैतडीमा बुधबार एकजना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 

बैतडी –बैतडीमा बुधबार एकजना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा नयाँ संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । 

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २० जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा २ जना, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

जिल्लाका ५ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

दशैंको समयमा भीडभाड हुन सक्ने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । दशैं मनाउँदा सकभर भीडभाड नगर्न र त्यस्तो ठाउँमा नजान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update