Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिर परिसरमा सरसफाई 

बैतडी –बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर परिसरमा बुधबार सरसफाई गरिएको छ । देहीमाण्डौं बजार व्यवस्थापन समितिको अगुवाई मन्दिर परिसरमा सरसफाई गरिएको हो । 

दशैंको पूर्व सन्ध्यामा मन्दिर परिसरमा सरसफाई गरिएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बोहराले बताए  । 

Atrya hospital

दशैंको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरुलाई सहज होस भनेर सरसफाई गरिएको बताइएको छ । 

बजार व्यवस्थापन समितिको अगुवाईमा गरिएको सरसफाई कार्यक्रममा प्रहरी, स्थानीय व्यापारी, युवा लगायतको सहभागिता थियो । 

निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा गर्नेको भीड लाग्ने गर्दछ । सो मन्दिरमा महाष्टमीका बलिसहित पूजाआजा हुने गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update