Sagun Khabar
सुदूरपश्चिमका बरिष्ठ पत्रकार चन्दको निधन 

बैतडी –सुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको बुधवार निधन भएको छ ।  ९५ बर्षीय चन्दको ललितपुरको भैसिपाटीस्थित घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

बैतडीको तत्कालिन चौखाम गाविस (हालको सिगास गाउँपालिका)मा जम्मिएका चन्द लामो समयदेखि बिरामी अवस्थामा थिए । महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मानसमेत प्रदान गरेको थियो ।  सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय बामपन्थी आन्दोलनमा समेत सक्रिय भएका थिए । 

Atrya hospital

चन्दले पहिलो पटक महेन्द्रनगरमा ०२६ सालमा महाकाली सन्देश पाक्षिकबाट पत्रकारिताको औपचारिक यात्रा आरम्भ गरेका थिए ।  ०३३ सालमा साप्ताहिक वार्ता र ०४९ मा जनवार्ता अर्ध साप्ताहिकमार्फत उनले सुदूरपश्चिमको पत्रकारितामा योगदान पुगाएको बताईन्छ । 

चन्दको निधनमा पत्रकार, आफन्तल गायतले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update