Sagun Khabar
बैतडी : प्रहरी दिवसमा प्रहरी निरीक्षक शाही सहित १७ जना पुरस्कृत 

बैतडी –६६ औं प्रहरी दिवसका अवसरमा इलाका प्रहरी कार्यालय पाटन बैतडीमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही सहित १७ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । 

जिल्लाका विभिन्न प्रहरी युनिटमा खटिएर उत्कृष्ट कार्य सम्पादन गरेका प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

Atrya hospital

पुरस्कृत एवं सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुरतबहादुर चन्द र इलाका प्रहरी कार्यालय तस्सुदेहीमा कार्यरत प्रहरी नायव निरीक्षक जनकबहादुर धामी रहेका छन् । 

यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावल र राजेन्द्रसिंह कार्की पनि पुरस्कृत एवं सम्मानित भएका छन् । यस्तै ५ जना प्रहरी हवलदार, ६ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी पुरस्कृत भएका प्रहरी प्रवक्ता ओझाले बताए । 

यस्तै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विभिन्न संघसंस्था र व्यक्तिहरुलाई पनि सम्मानित गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरेको भन्दै दशरथचन्द नगरपालिका र विरेन्द्र मावि शाहीलेकलाई सम्मानित गरिएको छ । यस्तै सोही कार्यक्रम सहयोग गरेको भन्दै पूर्व प्रहरी सहायक निरीक्षक जगुवा भण्डारीलाई पनि सम्मानित गरिएको छ । 

यस्तै प्रहरीचौकी भवन निर्माणका लागि जग्गादान गर्ने दोगडाकेदार ७ का बीरभान कार्की र अम्मर प्रहरीका परिवारका तर्फबाट टेकेन्द्रप्रसाद कनौजीयालाई सम्मानित गरिएको प्रहरी प्रवक्ता ओझाले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update