Sagun Khabar
धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाण्डौ – सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 

Atrya hospital

सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेको हो । बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुङ्गानाले आफ्नै छोरीका नाममा लिएको समाचार बाहिरिएको थियो । 

यही विषयमा छानबिन गर्न गएको महिनाको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०९:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update