Sagun Khabar
आजदेखि सोह्रश्राद्ध सकिँदै 
Atrya hospital

काठमाण्डौं–हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ ।

सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नवरात्र सुरु हुँदैछ । नवरात्रको पहिलो दिन भोलि घटस्थापना हो । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०९:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update