Sagun Khabar
कपिलवस्तुको कृष्णनगरका तीन वटा वडामा झाडापखालाको प्रकोप, दुई जनाको ज्यान गयो

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएको छ । वडा ७, ८ र ९ मा गरी झन्डै एक सय जना २० जना बिरामी परेका छन् ।

बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए ।

Atrya hospital

बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई÷तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डाक्टर चौधरीले जानकारी दिए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

झाडापखालाका कारण कृष्णनगर ९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर ८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update