Sagun Khabar
बैतडीको पाटनमा दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने जनाएको छ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले विद्यालयहरु घटस्थापनादेखि असोज ३१ गते सम्म मात्रै बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

कोरोना कहरका बेला विद्यालय बन्द हुँदा स्थानीय बिदा सकिएकाले दशैं बिदा घटाइएको नगरपालिकाले जनाएको छ । कार्तिक १ गतेदेखि नगर क्षेत्रका विद्यालयहरुमा नियमित पठनपाठन शुरु हुने नगरपालिकाले जनाएको छ । 

Atrya hospital

जिल्लाका सबै जसो स्थानीय तहहरुले विद्यालयहरुमा यो बर्ष दशैं बिदा घटाएका छन् । कोरोनाका कारण विद्यालयहरुमा पठनपाठन कार्य हुन नसकेकाले दशैं बिदा घटाइएको स्थानीय तहहरुले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update