Sagun Khabar
बैतडीमा बजार पिच्छे म्याद नाघेका सामग्री 

बैतडी–बैतडीका बजारमा अझै पनि म्याद नाघेका सामग्री विक्रि वितरण रोकिएको छैन् । उपभोग्य मिति समाप्त भएका र लेबल नभएका खाद्य सामग्री विक्रि हुने गरेको संयुक्त बजार अनुगमन समितिले जनाएको छ । पहिलाको तुलानामा केही सुधार आएको भएपनि पुरै सुधार हुन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए । 

व्यापारी र उपभोक्ता दुवै सचेत नहुँदा म्याद गुज्रेका सामग्री विक्रि वितरण हुने गरेको लेखकले बताए । उनले भने ‘हरेक खाद्य सामग्रीमा उत्पादन मिति र उपभोग्य मिति हेर्नुपर्ने हुन्छ । तर यो बिषयमा उपभोक्ता र व्यापारी दुवै सचेत छैनन् ।’

Atrya hospital

चाडपर्वलाई लक्षित गरेर पछिल्लो समय बैतडी सञ्चालन गरिएको बजार अनुगमनका क्रममा  सबै ठाउँमा म्याद नाघेका सामग्री फेला परेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

जिल्लाको खोड्पे, मेलौली, सतबाँझ, मुस्याचोर, गुरुखोला, देहीमाण्डौं लगायतका बजारमा गरिएको अनुगमनका क्रममा प्रत्येक पसलमा केही न केही मात्रामा म्याद गुज्रेका सामग्री फेला परेका भारतीले बताए । उनले भने ‘म्याद नाघेका सामग्री विक्रि वितरण गर्नु हुँदैन भनेर व्यापारीहरुले बुझ्नु पर्छ । उपभोक्ताहरुले सामग्री खरीद गर्दा मिति अनिवार्य रुपमा हेर्नुपर्दछ ।’

बजार अनुगमनका क्रममा व्यापारीहरुले आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गर्ने क्रम भने बढेको पाइएको छ । अधिकांशले आफ्नो व्यापार व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख लेखकले बताए । अनुगमन कार्यलाई निरन्तरता दिएमा बजारमा अनुशासन कायम हुने उनले बताए । 

चाडपर्वको समयमा मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिन सकेमा बजारमा अनुशासन कायम हुने पाटनका स्थानीय लवदेव जोशीले बताए । नियमित अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत हुने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update