Sagun Khabar
बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु, ३ जना घाइते 
Atrya hospital

बैतडी –बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ खालीबाटाका २७ बर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर तीन जना घाइते पनि भएका छन् । घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् । 

सोमबार साँझ ६ बजेतिर डिलाशैनी ७ स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले ७० हजारमा किनेको भैंसी समेत मरेको स्थानीय मनिराम भुलले बताए । मृतक लुहारका श्रीमति र एक छोरा छन् । 

घटनाको बिषयमा जानकारी आएपछि गोकुलेश्वर प्रहरीचौकीबाट अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update