Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन : म्याद नाघेका सामग्री नष्ट गरिँदै 

बैतडी –बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन कार्य जारी रहेको छ । यसै हप्तादेखि शुरु गरिएको बजार अनुगमन अन्तर्गत अहिले सम्म लगभग ६० हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ । 

अहिले सम्म जिल्लाको खोड्पे, मेलौली, सतबाँझ, मुस्याचोर, गुरुखोला र देहीमाण्डौंमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । 

Atrya hospital

खोड्पे र मेलौलीमा ५० हजार बढी म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको उनले बताए । उनले भने ‘अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि वितरण गर्ने गरेको पाइएको छ । अझै पनि व्यापारी तथा उपभोक्ताहरुमा सचेतनाको कमी रहेको छ । उपभोग्य मिति हेरेर सामग्री खरीद विक्रि गर्ने प्रचलन अझै बस्न सकेको छैन् ।’

सोमबार सतबाँझ, मुस्याचोर, गुरुखोला र देहीमाण्डौंका १२ ओटा फर्महरुमा अनुगमन गरिएको लेखकले बताए । ती फर्महरुबाट म्याद नाघेका र लेबल नभएका ९ हजार ६९५ रुपैंया बराबरका सामग्री बरामद गरि नष्ट गरिएका छन् । 

दशैं तथा तिहारको समयमा कालोबजारी नहोस, म्याद नाघेका सामग्री विक्रि वितरण नहोउन भनेर बजार अनुगमन कार्य भईरहेको लेखकले बताए । उनले भने ‘कतिपय पसलहरु अझै सम्बन्धित निकायमा दर्ता भएका छैनन् । उनीहरुलाई दर्ता गर्न पनि आग्रह गरिरहेका छौं । उपभोक्ताहरुलाई पनि म्याद हेरर सामग्री खरीद गर्न भनिरहेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update