Sagun Khabar
राप्रपा बैतडीका दुवै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न

बैतडी -राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले जिल्लाका २ ओटै निर्वाचन क्षेत्रको क्षेत्रिय अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनबाट क्षेत्रिय नेतृत्वको टुंगो लगाएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेव सरण भट्टले बताए  । 


जस अनुसार प्रदेश क्षेत्र न. (क)मा रण बहादुर बिष्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको  छ । समितिको उपाध्यक्षमा राधिका लोहार, मन्दरा धामी र प्रकाश बोहरा चयन भएकाछन् । यसैगरी सचिवमा लक्ष्मी पन्त, कोषाध्यक्षमा गंगा घरडी तथा सह–सचिवमा धनबहादुर चन्द चयन भएका छन् । 

Atrya hospital


यसैगरी क्षेत्र न. (ख)मा असोक सिंह साउदको अध्यक्षतामा २५सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा बिर्मा भट्ट, सचिवमा कृष्ण नाथ, कोषाध्यक्षमा दमयन्ती भण्डारी, सह–सचिवमा अर्जुन सिंह नेगी चयन हुनुभएको छ भने, अन्य सदस्यहरु रहेकाछन् । 


अहिले राप्रपामा युवाहरुको आर्कर्षण बढेको राप्रपा अध्यक्ष भट्टले बताए । बिगतमा राप्रपा बुढाहरुको पार्टि भन्ने हरुलाई कार्यक्रम हेर्न आउन उनको आग्रह गरे ।


अन्य पार्टिमा समाबेशी समिति नबनाइएपनि आफ्नो पार्टिमा भने, सबै पदमा समाबेशी नेतृत्व चयन भएको उनले बताए । 
कार्यक्रममा पुर्व मन्त्री जयन्त चन्द, केन्द्रीय कोषाध्यक्ष गणेश चन्द, उच्च स्तरीय कार्यसम्पादन समिति सदस्य गणेश बिष्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।


राप्रपा बैतडीको जिल्ला अधिवेशन असोज २०गते सम्पन्न हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update