Sagun Khabar
नेपाल राष्ट्रिय माविका विद्यार्थी पनि आन्दोलित 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ सिउडेस्थित नेपाल राष्ट्रिय मावि ग्वानीका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठनको वातावरण नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

विद्यालय भवन निर्माण भएको भनिएको अनियमितताको छानबीन गरी पठनपाठन गर्ने वातावरण हुनुपर्ने भन्दै विद्यार्थीहरुले सोमबार नाराबाजी समेत गरेका छन् । विद्यालयबाट नारा लगाएर विद्यार्थीहरु सतबाँझ चौराहा पुगेका थिए । विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन हुन पाएको छैन् । 

नेपाल राष्ट्रिय मावि ग्वानीको मल्टिपल भवन निर्माणका लागि व्यापारीहरुबाट निर्माण सामग्री खरीद गरेको र सो बाफतको रकम अहिले सम्म भुक्तानी नभएको व्यापारीहरुले बताएका छन् । उता निर्माण समितिले भवन निर्माणमा ४८ लाख खर्च भईसकेको बताएको छ । विद्यालय भवन निर्माणमा अनियमितता भएकाले यसको सत्यतथ्य छानबीन हुनुपर्ने स्थानीयहरुले माग गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update