Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्टको सामग्री पुग्यो 

बैतडी –जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ । सबै सामग्री आएपछि प्लान्ट जडानको काम शुरु हुने अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । उनले भने ‘सबै सामग्री आइपुगेपछि जडानको काम शुरु हुन्छ । अब प्लान्ट जडान हुने कुरामा ढुक्क भईएको छ । यसअघि सामग्री समयमा नआउँदा अन्यौल रहेको थियो ।’

जिल्ला अस्पताल बैतडीमा गत असारमै प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको थियो । 

Atrya hospital

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो । तर सप्लायर्स कम्पनीको लापरवाहीका कारण प्लान्ट जडानमा ढिलाई भएको हो । 

लामो समयसम्म अक्सिजन प्लान्ट जडानको काम शुरु नभएपछि अन्यौलता कायम रहेकोमा अब छिट्टै प्लान्ट जडान हुने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि कोरोनाका मात्रै नभएर अन्य बिरामीहरुका लागि पनि सहज हुने उनले बताए । 

जिल्लामा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोश्रो लहरका बेला धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो । जिल्लामा अहिले सम्म कोरोनाका कारण १८ जनाको ज्यान गईसकेको तथ्यांक छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update