Sagun Khabar
पुर्चौंडी नगरपालिकामा १० स्वास्थ्यकर्मी सहित एकैदिन १५ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने १० स्वास्थ्यकर्मी सहित पुर्चौंडीमा एकैदिन १५ जनामा कोरोना पुष्टि भएको छ । 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

शुक्रबार प्राप्त रिपोट अनुसार थप २५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १५५ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पाटन नगरपालिकामा २७, पुर्चौंडी नगरपालिकामा २२ र मेलौली नगरपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् । 
यस्तै दोगडाकेदार गाउँपालिकामा ७, पञ्चेश्वर गाउँपालिकामा ४ र सिगास, शिवनाथ र सुर्नया गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

परीक्षणका लागि पठाएका स्वाबहरुमध्ये धेरैजसोमा कोरोना पुष्टि हुन थालेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update