Sagun Khabar
बैतडीको मेलौलीमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म विद्यालय बन्द रहने 
Atrya hospital

बैतडी – जिल्लाको मेलौली नगरपालिकाले दशैंको समयमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म मात्रै विद्यालय बन्द रहने जनाएको छ । अरु बर्ष दशैं देखि तिहार सम्म लगातार विद्यालय बन्द हुने गरेकोमा यो बर्ष दशैं बिदा घटाइएको नगरपालिकाले जनाएको छ । 

कोरोना कारण लामो समय बन्द रहेका विद्यालय भर्खर मात्रै खुलेकाले धेरै बिदा दिँदा समस्या हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जिल्लामा यो बर्ष सबै जसो स्थानीय तहहरुले दशैंको समयमा विद्यालयको बिदा घटाएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update