Sagun Khabar
प्रहरी दिवसको अवसरमा बैतडीमा तपाँईको मास्क खोई ? अभियान 
Atrya hospital

बैतडी –नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा बैतडीमा तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

जिल्ला सदरमुकाम गोठलापानीमा र्यालीको आयोजना गरेर मास्क नलगाएका नागरिकलाई मास्क वितरण गरिएको उनले बताए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मास्क वितरण गरिएको उनले बताए । 

प्रहरी दिवसको अवसरमा यो अभियान जिल्लाभरी जारी रहेको छ भने सदरमुकाममा आइतबार तीन सय जनालाई मास्क वितरण गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update