Sagun Khabar
बझाङमा कांग्रेसको अधिवेशनमा खटाइएका मतदान अधिकृत सम्पर्क विहिन 

बझाङ–बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत सम्पर्कविहीन भएका छन् । मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि मतदानका लागि सदरमुकाम आएका कांग्रेस कार्यकर्ताहरु अन्योलमा परेका छन् । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिबाट खटाइएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिवार राति १२ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको बझाङका कांग्रेस नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसका दुई पक्षबीच चेपुवामा परेर मतदान अधिकृत सम्पर्क विहिन भएका हुन सक्ने बताइएको छ । मतदान अधिकृत भट्टको खोजीका लागि स्थानीय प्रशासनको पनि सहयोग लिइरहेको कांग्रेसका नेता पृथ्वीबहादुर सिंहले बताए  । जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । आफ्नो पक्षले निर्वाचनमा हार्ने भएपछि अधिवेशन बिथोल्न मतदान अधिकृतलाई धम्काएको भन्दै सभापतिलगायत नेताहरुलाई संस्थापन इतर पक्षकाले आरोप लगाएको छ ।

Atrya hospital

पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उम्मेदवार छन्।

अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको बताइएको छ । सभापतिका दुवै उम्मेदवारहरु प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update