Sagun Khabar
बैतडीको दशरथचन्दमा दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुमा दशैंको बिदा ११ दिन मात्रै दिने भएको छ । कोरोना कहरका कारण लामो समय बन्द रहेका विद्यालय भर्खरै मात्रै खुलेकाले घटस्थापनादेखि असोज ३१ गते सम्म मात्रै विद्यालय बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेकाले दशैंको समयमा बढी दिन विद्यालय बन्द नगर्ने निर्णयमा नगरपालिका पुगेको हो । यो बर्ष जिल्लाका सबै जसो स्थानीय तहले विद्यालयको दशैं बिदा घटाएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update