Sagun Khabar
प्रहरी दिवसको अवसरमा वृक्षारोपण 

बैतडी –प्रहरी दिवसको अवसर पारेर बैतडीमा वृक्षारोपण गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयको परिसरमा १६५ बिरुवा रोपिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

एक प्रहरी एक बिरुवा अभियान अन्तर्गत दिवसको अवसर पारेर वृक्षारोपण गरिएको ओझाले जानकारी दिए । ओखर, लप्सी, अम्भा लगायतका फलफूलका बिरुवा रोपण गरिएको ओझाले बताए । 

Atrya hospital

प्रहरी दिवसको अवसरमा असोज २० गते औपचारिक कार्यक्रम गरिने भएपनि दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आइतबार सम्पन्न गरिएको बताइएको छ ।

डिभिजन वन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय परिसरसमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल सहित प्रहरी जवानहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update