Sagun Khabar
 अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह 

काठमाण्डौं–माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन्। आइतबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्ष सिंह हुने निर्णय सुनाएका हुन्।

क्रान्तिकारीको अध्यक्षमा मुख्य दाबेदार पञ्चा सिंह र सुरेन्द्र बस्नेत थिए। २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट सिंह अध्यक्ष बनेको औपचारिक घोषणा गरिने बताइएको छ। पहिलो पटक अखिल क्रान्तिकारीको अध्यक्ष  महिला बनेकी हुन्।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update