Sagun Khabar
बैतडीका दश ठाउँमा यात्रु सहायता कक्ष 

बैतडी –दशैतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर बैतडीमा प्रहरीले १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुलाई गन्तव्य पुर्याउन सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

दशैंको समयमा यात्रुहरुलाई हैरानी हुने भएकाले त्यस्तो नहोस भन्नका लागि सहायता कक्ष स्थापना गरिएका उनले बताए । सीमा नाका झुलाघाटका साथै राजमार्गका मुख्य ठाउँहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् । 

Atrya hospital

झुलाघाट, गोठलापानी, शाहीलेक, सतबाँझ र पाटनमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । यस्तै खोड्पे, खोचलेक, गोकुलेश्वर, ढोल्यामोड र सिमारमा पनि यात्रु सहायता कक्ष सञ्चालन ल्याइएका प्रहरी निरीक्षक ओझाले बताए । 

जिल्ला प्रहरी कार्यालयले दशैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए । प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन् । दशैंको समयमा घर फर्किने बेला केही समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ ।

नागरिकलाई बिना झण्झट गन्तव्यमा पुर्याउन सहयोग मिलोस भनेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समस्या परेको बेला यात्रु सहायता कक्षमा सम्पर्क राख्न सकिने प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०७:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update