Sagun Khabar
बैतडीको गोकुलेश्वरमा हावाहुरीले पसलका छाना उडायो 
Atrya hospital

बैतडी –शनिबार दिउँसो बर्षासंगै आएको हावाहुरीले बैतडीको गोकुलेश्वर बजारका पसलहरुमा क्षति पुर्याएको छ । बर्षासंगै आएको हावाहुरीले गोकुलेश्वर पुल छेउ नजिकै रहेका चारओटा पसलको छाना उडाएको स्थानीय सुरेश श्रेष्ठले बताए । 

एक्कासी पानीसंगै आएको हावाहुरीले छानो उडाएपछि व्यापारीहरुको सामग्री पानीले भिजेको र अहिले त्रिपाल हालेर जोगाउने प्रयास भएको उनले बताए । 

हावाहुरीले हरिश जोशी, मञ्जु दमाई, रमेश नाथ र नवीन नाथको पसलको जस्तापाताले छाएको छानो उडाएको हो । हावाहुरीले छानो उडाएपछि व्यापारीहरुलाई सामग्री जोगाउन मुस्किल भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update