Sagun Khabar
बैतडीको मान्टोलामा अस्थायी प्रहरीचौकी स्थापना 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ३ र ४ मा सीमाना मान्टोलामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउनका लागि अस्थायी प्रहरीचौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

प्रहरीचौकीको शनिबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ । प्रहरीचौकी उद्दघाटनका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल लगायत पुर्चौंडी पुगेका थिए । 

Atrya hospital

जिल्लाभरी अहिले चार ओटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । मान्टोलामा स्थापना गरिएको प्रहरीचौकीमा प्रहरी हवलदारको नेतृत्वमा ६ जनाको टोली खटाइएको छ । सो प्रहरीचौकीमा पछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने प्रवक्ता ओझाले बताए । 

पुर्चौंडीको मान्टोलामा अस्थायी प्रहरीचौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको विणेश्वर माविका शिक्षक विरेन्द्र कुँवरले बताए । 

जिल्लाभरी २ ओटा इलाका प्रहरी कार्यालय, २४ ओटा प्रहरीचौकी, ४ ओटा अस्थायी प्रहरीचौकी  र एक सीमा प्रहरीचौकीमार्फत प्रहरीले सेवा दिईरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update