Sagun Khabar
बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै, अहिले सम्म ४५ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचार लागि आउने भन्दै दैनिक २–३ बिरामी स्क्रब टाइफसका आउने गरेका जिल्ला अस्पातलका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । चालु आर्थिक बर्षको अहिले सम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी पन्तले बताए । 

जिल्ला अन्य ठाउँमा पनि स्क्रब टाइफसका बिरामी भेटिएका तर यकिन तथ्यांक आउन बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

Atrya hospital

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा चेकजाँच गर्नुपर्नेमा अस्पतालका सूचना अधिकारी पन्तले जोड दिए । स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update