Sagun Khabar
अपांग कृष्णाको बुढेशकालको साहारा नै नरहेपछि

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० बुरकिल की कृष्णा बुडाल ६० बर्ष पगिन् । जन्मजात अपांग रहेकी उनि पटक्कै बोल्न सक्दैनन् । उनको सानैमा बिहे भयो । त्यो पनि अपांग ब्यक्ति संग । उनका पति दुवै खुट्टाको अपांग भएकाले हिड्न सक्दैनथे । उनिहरुका २ छोरा पनि जन्मिए । 

कृष्णाका पतिको २० बर्ष अगाडी मृत्यु भयो । त्यसपछि छोराहरुको साहारा छ भनेर बाँचेकी कृष्णाका छोराहरु अहिले कता छन् उनलाई केहि थाहा छैन् । 

Atrya hospital

पतिको मृत्युपछि २छोरा हुर्काएकी कृष्णाका छोराहरु १४बर्ष कटेपछि रोजगारी खोज्न भारत पसेका थिए । उनका एक छोराको विगत ५ बर्षदेखी केहि खबर आएको छैन् भने, सम्पर्कमा रहेका अर्का छोराको ७ महिना अघि मृत्यु भएको खबर सुनियो ।

अब त कृष्णालाई कसैको साहाराको आश पनि छैन् । उनि पुरानो जिर्ण भएको घरमा बस्छीन् । आफुलाई विधवा भत्ता पाइन्छ । त्यसै पैषाले दैनिक छाक टार्छिन् । भत्ताले नपुगेमा कसैको घरमा काम सघाउछिन् । र खाना दियो भने खान्छीन् । आफुले पकाउन सकेको दिन खाना पकाएर खान्छिन् नत्र भोकै बस्छीन् । 

बुढेशकालमा यसरी जिवन बिताइरहेकी कृष्णा गाउँमा भने जसले जे भन्यो त्यहि काम गर्छिन् । उनि इमान्दार भएकाले गाउँका सकै मान्छेहरु मायाँ गर्छन् । अनि कहिले कुनै ठाउँमा केहि कार्यक्रम भयो भने मलाई पनि लैजाउ भनेर भन्छीन् । कार्यक्रममा आउने सबै नयाँ मान्छेलाई नमस्कार गर्छिन् । उनलाई न दुनिया संगको कुनै मतलब छ, नत जिवन के हो भन्ने नै थाहा छ । मनमा केहि कुरा होलान् तर भन्न सक्दिनन् । उनि बोल्दै सक्दिनन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update