Sagun Khabar
बैतडीको ज्ञानेश्वर माविका एक जना शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीको ज्ञानेश्वर माविका एकजना शिक्षक र एकजना विद्यार्थीमा कोरोना पुष्टि भएको छ । एन्टीजेन परीक्षणमा एकजना शिक्षक र पीसीआर परीक्षणमा एकजना विद्यार्थीमा कोरोना पुष्टि भएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । 

दुवै जना होम आइसोलेसनमा बसीरहेका र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको महराले जानकारी दिए । विद्यालयका एकजना शिक्षक र एकजना विद्यार्थीमा कोरोना पुष्टि भएपछि समान्य रुघाखोकी लागेका थप ६५ जनाको स्वाब परीक्षणका लागि दिइएको सहायक प्रधानाध्यापक महराले जानकारी दिए । 

उनीहरुको रिपोट आउन बाँकी रहेको छ । अन्यहरुको रिपोट आएपछि विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय लिइने विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update