Sagun Khabar
बैतडीको सिगासमा दशैंमा ११ दिन मात्रै विद्यालय बन्द हुने 

बैतडी –बैतडीको सिगासमा दशैंको समयमा ११ दिन विद्यालय बन्द रहने भएका छन् । अरु बर्ष दशैंदेखि लगातार तिहार सम्म विद्यालय बन्द रहने भएपनि यो बर्ष कोरोनाका कारण विद्यालय लामो समय बन्द रहेकाले दशैं बिदा घटाइएको हो ।

पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य प्राप्तिका लागि दशैं बिदा घटाइएको गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ । सिगास गाउँपालिका घटनास्थापनादेखि असोज ३१ गते सम्म विद्यालय बन्द रहने जनाइएको छ । कार्तिक १ गतेदेखि गाउँपालिका भित्रका सबै विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु हुने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 

Atrya hospital

बैतडीमा कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेको छ । भर्खरै विद्यालय खुलेकाले दशैंको समयमा कम दिन बिदा दिने स्थानीय तहहरुले निर्णय गरेका हुन् । केही तहहरुले एक हप्तामात्रै दशैंमा बिदा दिने जनाएका छन् भने केहीले १० दिन बिदा दिने जनाएका छन् ।

लामो समय बिदा दिँदा कोर्स नसकिने र बालबालिकाहरुको शिक्षण सिकाईमा पनि प्रभाव पर्ने भएकाले यो बर्ष दशैं बिदा कम गरिएको स्थानीय तहहरुले जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update