Sagun Khabar
बैतडीको नेरा माविमा अज्ञात समूहले गरेको तालाबन्दी खुल्यो 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं २ स्थित नेपाल राष्ट्रिय मावि ग्वानीमा गरिएको तालाबन्दी खुलेको छ । अज्ञात समूहले गरेको तालाबन्दी आज प्रहरी र स्थानीयको रहोबरमा खुलेको हो ।  

राष्ट्रिय मावि ग्वानीमा निर्माण भईरहेको भवनमा अनियमितता भएको भन्दै संघर्ष समितिले आन्दोलन गरिरहेका बेला अज्ञात समूहले तालाबन्दी गरेको बताइएको छ । विद्यालय भवन निर्माणमा भएको अनियमितता ढाकछोप गर्न ताला लगाएको हुन सक्ने संघर्षरत पक्षले जनाएको छ । 

Atrya hospital

३६ लाखको लागतमा निर्माण गर्ने भनेर शुरु गरिएको भवन ४८ लाख खर्च हुँदा समेत सम्पन्न नभएको र व्यापारीहरुको समेत पैसा नतिरेको अवस्थामा सो कुरालाई ढाकछोप गर्न विद्यालयमा तालाबन्दी गरेको हुन सक्ने संघर्ष समितिका सदस्य धनबहादुर बिष्टले बताए । उनले भने ‘हामीले विद्यालयमा भएको अनियमितताका बारेमा छानबीन हुनुपर्ने माग राखेका छौं । हाम्रो माग आज सम्म पूरा गर्न भनेका थियौं । तर अज्ञात समूहले तालाबन्दी गरेर संघर्षका कार्यक्रमलाई कमजोर बनाउने प्रयास भएको छ ।’

३६ लाखको लागतमा निर्माण गर्नुपर्ने विद्यालयको भवन ४८ लाख खर्च हुँदा समेत निर्माण सम्पन्न हुन सकेको छैन भने ९ लाख बढी स्थानीय व्यापारीको तिर्न बाँकी रहेको बताइएको छ । सो भवन निर्माणमा अनियमितता भएको स्थानीयहरुले आरोप लगाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update