Sagun Khabar
बैतडीका स्थानीय तहमा बेरुजु बढ्दै 

बैतडी –स्थानीय तहमा जनप्रतिनिधि आएपनि प्रत्येक बर्ष बेरुजु रकम बढ्दै गएको छ । बैतडीका सबै स्थानीय तहमा प्रत्येक बर्ष बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । बैतडीका स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड बढी देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयले निकालेको आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन  बैतडीका १० वटा स्थानीय तहको बेरुजु रकम ३२ करोड  ६३ लाख ७  हजार रुपैयाँ रहेको छ । 

Atrya hospital

महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा सबै भन्दा बढी बेरुजु डिलाशैनी गाउँपालिका र सबै भन्दा कम बेरुजु पाटन नगरपालिकाको रहेको छ । 

डिलासैनी गाउँपालिकाको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार बेरुजु रहेको छ।  यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो । यस्तै कम बेरुजु देखिने पाटन नगरपालिकाको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको छ । यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो ।

गाउँपालिकाहरु मध्ये सबैभन्दा कम बेरुजु हुने गाउँपालिका दोगडाकेदार रहेको छ । दोगडाकेदार गाउँपालिकामा १ अर्ब  २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ । 

दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु रहेको छ । सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ । ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको छ । 

यस्तै शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ । 

पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको छ । सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update