Sagun Khabar
खोड्पे बजार अनुगमन : २५ हजार बढीको सामान बरामद गरि नष्ट

बैतडी -बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा अन्य सरोकारवाला निकायहरुको समेत सहयोगमा बजार अनुगमन कार्य शुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 


अनुगमनको पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट २५ हजार ४०० रकम बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको उनले बताए । 

Atrya hospital


आज जिल्ला स्थीत सयुक्त बजार अनुगमन टोलीले विभिन्न किराना पसल, मदिरा पसल र होटेलमा गरिएको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ६ हजार ६०० बराबरको पेन्टस, १४ हजार ५३० बराबरको पेयपदार्थ, तीन हजार बराबरको चकलेट, ७७५ बराबरको बिस्कुट र ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको हो । 


कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।


उपभोक्ताहरु पनि सचेत नभएका कारण बजारमा म्याद नाघेका सामग्री विक्रि वितरण हुने गरेका सूचना अधिकारी भारतीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update