Sagun Khabar
दशैंमा बैतडीका विद्यालय कम दिन बन्द हुने 

बैतडी –बैतडीमा विद्यालयहरुले यो पाली दशैंमा कम बिदा दिने भएका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले दशैंको समयमा कम बिदा दिने विद्यालयहरुले तयारी गरेका हुन् । 

जिल्लाको डिलाशैनी गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरेर दशैको समयमा ६ दिन मात्रै विद्यालय बन्द रहने उल्लेख गरिसकेको छ । असोज २६ देखि असोज ३१ सम्म मात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ । 

Atrya hospital

यस्तै दोगडाकेदार गाउँपालिकाले पनि दशैंको समयमा ६ दिनमात्रै विद्यालय बन्द रहने भएका छन् । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज २६ गतेदेखि असोज ३१ गते सम्म मात्रै विद्यालय बन्द रहने र कार्तिक एक गतेबाट नियमित रुपमा पठनपाठन कार्य सञ्चालन हुने जनाएको छ । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले पनि दशैंको समयमा ८ दिन मात्रै बिदा दिने भएको छ । असोज २६ देखि कार्तिक २ गते सम्म विद्यालय बन्द रहने र कार्तिक ३ गतेदेखि विद्यालय नियमित रुपमा सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

कोरोनाका कारण लामो समयदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेकाले दशैं बिदा घटाएको स्थानीय तहहरुले जनाएका छन् ।

अरु बर्ष दशैंको समयमा एक महिनाभन्दा बढी विद्यालय बन्द रहने भएपनि यो बर्ष विद्यालय कम दिन बन्द हुने जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update