Sagun Khabar
सुदूरपश्चिममा बिहीबार थप ३५ जनामा कोरोना पुष्टि, एक संक्रमितको मृत्यु 
Atrya hospital


बैतडी –सुदूरपश्चिममा बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरी १ हजार १४ जनाको नमूना परीक्षण गर्दा थप ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३९ जना संक्रमणमुक्त भएका छन् । 

सुदूरपश्चिममा बिहीबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका ४ का ८४ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update