Sagun Khabar
बैतडीमा बिहीबार ४ जना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 

बैतडी –बैतडीमा बिहीबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका ३ र पाटन नगरपालिकाका एकजना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । पछिल्लो २४ घण्टामा बैतडीमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । 

जिल्लामा अहिले १७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७ जना, पाटन नगरपालिकामा ३ जना, सुर्नया गाउँपालिकामा २ जना, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

Atrya hospital

बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका ५ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको मेलौली नगरपालिका,पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update