Sagun Khabar
बैतडीमा २४ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण 

बैतडी –बैतडीमा २४ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कमजोर आर्थिक अवस्था भएका र मेधावी छात्रछात्राहरुलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले शैक्षिक सामग्री वितरण गरेको हो । 

बालविवाह अन्त्यका लागि रुपान्तरण परियोजना सञ्चालन भएका मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका २४ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

Atrya hospital

 बालविवाह अन्त्यका लागि गठन गरिएका किशोरकिशोरी समूह आवद्ध भएका मध्ये कमजोर आर्थिक अवस्था भएका २४ जनालाई छनौट गरेर शैक्षिक सामग्री वितरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । 

शैक्षिक सामग्रीमा झोला, कापी, कलम, डिक्सनरी लगायतका सामग्री राखिएका छन् । बालबालिकाहरुको पठनपाठन कार्यमा सहयोगमा पुगोस भनेर शैक्षिक सामग्री वितरण गरिएको जिल्ला कार्यक्रम अधिकृत शाहीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update