Sagun Khabar
क्षेत्रीय भलिबलका लागि बैतडीबाट खेलाडी छनौट ,खेलाडीका लागि बन्द प्रशिक्षण शुरु

बैतडी –क्षेत्रीय भलिबल प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनौट भएका छन् । पाटनमा सञ्चालन गरिएको छनौट प्रतियोगिताबाट ९ जना खेलाडी छनौट गरिएका भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले जानकारी दिए । 

यही असोज २० गतेदेखि २३ गते सम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको भलिबलका प्रदेश रेफ्री प्रेमबहादुर चन्दले जानकारी दिए । सो प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका टीमहरुको सहभागिता रहनेछ । 

Atrya hospital

बैतडीबाट क्षेत्रीय प्रतियोगिताका लागि सुर्नयाका धनबहादुर महरा, मेलौलीका रोशनबहादुर चन्द, मेलौलीका श्याम दयाल, सुर्नयाका राकेश साउँद, शिवनाथका गम्भीर साउँद, पाटनका विकास बिष्ट, पाटनकै लक्ष्मण भट्टराई, सिगासका गोविन्द साउँद र पाटनका मनोज चन्द छनौट भएका छन् । 

छनौट भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सञ्चालन भईरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update