Sagun Khabar
आमसञ्चार नितीका बारेमा बैतडीमा छलफल 

बैतडी –सुदूरपश्चिम प्रदेशको आमसञ्चार नितीका बिषयमा बैतडीमा सरोकारवालाहरुसंग छलफल गरिएको छ । आमसञ्चार निती मस्यौदा समितिले तयार पारेको मस्यौदाका बिषयमा छलफल गरिएको हो । 

मस्यौदा समेटिएका कुराहरुका बारेमा थप परिमार्जन र आवश्यक सुझावका लागि छलफल गरिएको मस्यौदा समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले बताए । 

Atrya hospital

आमसञ्चार नितीमा सञ्चार संस्थाहरुलाई व्यवस्थित गर्ने, पत्रकारहरुका हकहितका बिषय, पत्रकारिता पेशालाई अझै मार्यादित बनाउनका लागि मस्यौदा थुपै्र कुरा समेटिएका महासंघ सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्ष अर्जुन शाहले बताए । 

आमसञ्चार माध्यमहरुलाई उद्योगको रुपमा नभई प्रतिष्ठान वा संस्थाको रुपमा अगाडि बढाउनुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । उनले भने ‘उद्योग भन्ने बित्तिकै नाफामूलक कुरा जोडिने भएकाले सञ्चार माध्यमहरुलाई सेवामूलक प्रतिष्ठानको रुपमा अगाडि बढाउनुपर्ने हुन्छ ।’

पत्रकारिता क्षेत्रमा राज्यको चौथो अंग भएकाले पत्रकार र उनीहरुका संस्थाको क्षमता अभिवृद्धिका कुराहरुमा नितीमा समेटिनुपर्ने उनले बताए । 

नेपाल बार एसोसियसन बैतडीका अध्यक्ष हरिदत्त भट्टले आमसञ्चार नितीमा थुपै्र कुरा समेटिएकाले यसलाई कानुन बनाउँदा ध्यान दिनुपर्ने बताए । उनले भने ‘नितीको मस्यौदामा थुपै्र कुरा आएका छन् । अब कानुन बनाउँदा मुख्य कुरा स्थापित गर्ने हिसाबले गर्नुपर्दछ ।’

आम सञ्चार नितीको मस्यौदाका बिषयमा बैतडीका पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए । उनीहरुले नितीमा भएका कुराहरु कार्यान्वयन गर्ने हिसाबले कानुन बनाउनुपर्ने कुरामा जोड दिएका छन् । 

आमसञ्चार निती मस्यौदा समितिले तयार पारेको आमसञ्चार नितीको मस्यौदाका बिषयमा सुदूरपश्चिमका ९ ओटै जिल्लाका सरोकारवालाहरुसंग छलफल गरिने बताइएको छ । केही जिल्लामा छलफल सम्पन्न भईसकेको छ भने केही जिल्लामा छलफलको तयारी भईरहेको समितिले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update