Sagun Khabar
बैतडीमा भाइरल ज्वरोका एक बिरामीको मृत्यु 
Atrya hospital

बैतडी-बैतडीमा भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ५ वनकाँडाका ३६ बर्षीय परमानन्द भट्टको बुधबार डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

गएको तीन हप्तादेखि ज्वरो आएका उनलाई मंगलबार मात्रै उपचारका लागि जिल्ला अस्पताल बैतडी  पुर्याइएको थियो । अस्पतालमा चेकजाँच समान्य अवस्था रहेकाले औषधि दिएर मंगलबार नै घर पठाइएको थियो । मंगलबार राती नै भट्टको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

कोरोनासंग मिल्दाजुल्दा केही लक्षण भएकाले उनको जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण गरिएकोमा रिपोट नेगेटिभ आएको थियो । तर पीसीआर परीक्षणको रिपोट भने आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update