Sagun Khabar
बाढी पीडितका लागि बैतडी समाज कैलालीको ५५ हजार ५५५ रुपैयाँ सहयोग 

कैलाली –भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडी समाज कैलालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ जमा गरेको छ । 

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैतडी समाज कैलालीले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकका लागि उक्त रकम उपलब्ध गराएको समाजले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update