Sagun Khabar
बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थीको भीड

बैतडी - बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा आज महाअष्टमीका दिन पूजाआजा सहित बलि तथा दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा दर्शन तथा पूजापाठका लागि स्थानीयसंगै सुदुरपश्चिमका नौवटै जिल्ला सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन पुग्ने गरेका छन्।

Ninalashaini-bhagawati-pic-3-1792316028.jpg
 

निङ्गलाशैनी भगवतीलाई सुदुरपश्चिमका नौ बहिनी भगवती मध्ये एक मान्ने गरिन्छ । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगेका स्थानीय सुमित भट्टले बताए ।

Ninalashaini-bhagawati-pic-2-1792316047.jpg
 

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ भने, मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीको समयमा मन्दिरमा ठाडो जात (जात्रा) हुने भएकाले उक्त समयमा बलि नहुने मन्दिरका मुल पुजारी देवदत्त भट्टले बताए ।

Ninalashaini-bhagawati-pic-5-1792316073.jpg
 

Ninalashaini-bhagawati-pic-6-1792316094.jpg
 

Ninalashaini-bhagawati-pic-10-1792316112.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update