Sagun Khabar
बैतडीमा बजार अनुगमन 

बैतडी–बैतडीका विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । 

चाडपर्व नजिक आएका बेला बजार हुन सक्ने कालोबजारी,महंगी नियन्त्रण गर्ने लगायतका उद्देश्य राखेर बजार अनुगमनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुको नेतृत्वमा पाटन र शिवनाथमा बजार अनुगमन गरिएको जनाइएको छ । 

शुक्रबार पाटन बजारमा ग्यास विक्रि गर्ने डिलरसहित २६ ओटा पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताए । 

यस्तै शनिबार शिवनाथमा १२ ओटा पसलमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ । 

अनुगमनका क्रममा बजारमा खाना पकाउने ग्यासको उपलब्धताका बारेमा जानकारी लिइएको छ । यस्तै अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका अखाद्य सामग्री नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । 

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारीका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update