Sagun Khabar
बैतडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ चौडलीका १२ बर्षीय सुरजराम सार्कीको सर्पको टोकाईबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए । 

घरभित्र सुतीरहेका बेला सुरजलाई मंगलबार राती साढे ११ बजे सर्पले टोकेको र उतिखेरै सुरजको मृत्यु भएको उनले बताए । सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update