Sagun Khabar
बैतडीमा बुधबार थप ३ जनामा कोरोना पुष्टि

बैतडी –बैतडीमा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालमा बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । १० जनाको पीसीआर परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै ५४ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।  सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा २ जना, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

Atrya hospital

बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ५ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका,डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका बताइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update