Sagun Khabar
महरा हत्या प्रकरणका आरोपितमाथी अनुसन्धानका लागी म्याद थप

बैतडी-बैतडीको सुर्नया गाउँपालिका ४ का सनशेरीमाण्डौंका व्यापारी कमले महरा हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धानका लागि अदालतबाट दोश्रो पटक म्याद थप गरिएको छ ।

गएको असोज ७ गते बिहान कमले महराको शव फेला परेपछि उहाँको हत्या गरेको आरोपमा सुर्नया ४ कै रामबहादुर महरा, शंकरसिंह महरा र हरिश सिंह महरा तथा वडा न. ५ का रामबहादुर मडै पक्राउ परेका थिए । पक्राउ परेका मध्ये रामबहादुर मडैले भने हत्या गरेको स्वीकार गरिसकेका छन् भने अन्यहरुमाथि पनि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए  ।

Atrya hospital

कमले हत्या प्रकरणमा अन्यहरुको भूमिका के रहेको थियो भन्ने बिषयमा अनुसन्धान केन्द्रित भएको उनले बताए ।  पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले फेरी म्याद थपिएको शाहीले बताए ।

सुर्नया ४ को लेकडाँडा घर भई सनशेरीमाण्डौंमा मासु पसल चलाउँदै आएका महराको असोज ६ गते राती हत्या भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update