Sagun Khabar
बरिष्ट समाजसेवी अवस्थीको निधनमा श्रद्धान्जली सभा

बैतडी–बैतडीका बरिष्ट समाजसेवी स्वर्गिय पृथ्वीराज अवस्थीको निधनमा हिजो बैतडीको पाटन स्थीत श्रद्धान्जली सभाको आयोजना गरिएको छ । युवा नेता तथा सामाजिक अभियन्ता कमल सिंह बोहराको अगुवाईमा श्रदान्जली सभाको आयोजना गरिएको हो । 

श्रद्धान्जली सभामा पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्द, नगरपालिकाका अन्य जनप्रतिनिधि, ब्यापारि लगायतका ब्यक्तिहरुको सहभागिता थियो ।

Atrya hospital

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयर चन्दले स्वर्गीय अवस्थी सबै राजनितिकर्मीका लागी प्रेरणाको श्रोत भएको बताए । उहाँ सादा जिवन, उच्च बिचारका ब्यक्ति भएकाले उँहाको सम्पुर्ण जिवनकाल समाज सेवामै ब्यतित भएको मेयर चन्दले बताए । 

अवस्थी जस्ता ब्यक्ति बैतडीमा कमै जन्मीने उहाँको भनाई छ । कार्यक्रमका आयोजक बोहराले स्वर्गीय अवस्थी आर्दशका खानी भएको बताए । उनले बैतडेली जनताका लागी जीवनभरी सेवा गरेको बताए । 

बैतडी जिल्लामा कम्युनिष्ट आन्दोलनका अग्रणी नेताका रुपमा रहेका स्वर्गीय अवस्थीले अखण्ड सुदुरपश्चिम स्थापनाका लागी आन्दोलन गरेका थिए । उनको गत असोज ९गते ८६ बर्षको उमेरमा कैलालीमा निधन भएको थियो ।

बामपन्थी नेता अवस्थीले जातीय विभेद अन्त्यका लागि ठूलो योगदान पुर्याएको स्थानीयहरुले बताएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update