Sagun Khabar
अनेरास्ववियुको संगठन बिस्तार कार्यक्रम जारी 

बैतडी-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) बैतडीले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । आज बैतडीको मेलौली स्थीत मणिलेक माध्यमिक बिद्यालय र मणिलेक क्याम्पसमा प्रारम्भीक कमिटि गठन गरिएको छ । 

मणिलेक माध्यमिक बिद्यालयमा पारस क्षेत्रिको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु बैतडीका जिल्ला सचिवालय सदस्य दिपकराज जोसीले बताए । यसैगरि मणिलेक बहुमुखि क्याम्पसमा धनि भट्टको अध्यक्षतामा ५१ सदस्यीय प्रारम्भीक कमिटि गठन गरिएको उनले बताए । 

Atrya hospital

बिगत लामो समय बन्द रहेका बिद्यालय खुलेपछि संगठन बिस्तारमा लागेको अनेरास्ववियुका जिल्ला संयोजक सन्तोश रानाले बताए । बिद्यालयहरुमा प्रारम्भीक कमिटि बनाउनुका साथै बिद्यार्थी र बिद्यालयका समस्या टिपोट गरि सम्बन्धीत निकाय समक्ष पु¥याउने काम गरिरहेको उनले बताए । 

अनेरास्ववियुले हिजो पञ्चेस्वर ३ कुलाउ स्थीत नवप्रभात क्याम्पसमा देब मंगोलाको अध्यक्षतामा ५१ सदस्यीय कमिटि र कुलाउ माबीमा रबिन चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटि गठन गरेको छ । 

यसैगरि जवलपूर मा.बी. सैलोडामा पंकज चन्दको अध्यक्षतामा ३५ सदस्यीय प्रारम्भीक कमिटि गठन गरेको संगठनका राष्ट्रिय परिषद सदस्य खेमराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update