अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु
अछाम – अछामको मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान करीब साढे ११ बजेतिर मंगलसेन नगरपालिका–३ लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । बोगटीको उपचारका क्रममा दिउँसो साव १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३ १७:२०
प्रतिक्रिया दिनुहोस्




